अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीमा जिप दुर्घटनामा परी कम्तिमा २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

जिल्लाको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना हुँदा दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु मालारानी ४ का हुन्। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान चिकित्सकले मृत घोषणा गरेका थिए ।

खनदहतर्फ गइरहेको जिप आज बिहान साढे तीन बजेतिर दुर्घटना भएको जानकारी प्रहरीले पाएको थियो ।

लगत्तै खनदहबाट प्रहरी टोली उद्धारमा खटिएको थियो ।अन्य २ जना घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here