काठमाडौं । साेमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।
अघिल्लो दिन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको हाे । चैत २१ गते सुनको भाउ तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।
आज चाँदीकाे भाउ भने तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ पुगेकाे हाे।