सोनालिका ट्रयाक्टरमा पेट्रोनस आयल प्रयोग, लुब्रि–एक्स नेपालमा सार्वजनिक

काठमाडौं, ४ कात्तिक । नेपाली बजारमा बिक्री–वितरण हुने सोनालिका ट्रयाक्टरमा अब पेट्रोनस आयल प्रयोग हुने भएको छ । यसका लागि सोनालिका र पेट्रोनस बीच सहकार्य भएको हो ।

पेट्रोनसले यसका लागि लुब्रि–एक्स सब–ब्रान्डको इन्जिन तथा ट्रान्समिसन आयल नेपाली बजारमा सार्वजनिक गरेको छ ।

शनिबार आयोजित एक कार्यक्रममा पेट्रोनस लुब्रिकेन्टका एसिया प्यासिफक रिजनल हेड रुस्लान हालिम बिन इस्लाउद्दिन र सोनालिका ट्रयाक्टरको उत्पादक इन्टरनेसनल ट्रयाक्टर्स लिमिटेडका इन्टरनेसनल सर्भिस एन्ड स्पेयर्स हेड तारक मन्नाले सो आयल सार्वजनिक गरे ।

सोनालिका ट्रयाक्टरमा प्रयोग गरिने लुब्रि–एक्स इन्जिन तथा ट्रान्समिसन आयलले इन्जिन डिपोजिटलाई नियन्त्रण गर्नुृका साथै इन्जिनको आयु बढाउन सहयोग गर्ने कम्पनीको दाबी छ । त्यसैगरी यसले ब्रेक, डिस्क, गियरबक्स र हाइड्रोलिक लिफ्टको आयु समेत बढाउने कम्पनीले बताएको छ ।

सो इन्जिन आयल १, ८.५ र १० लिटर तथा ट्रान्समिसन आयल १, ५ र २० लिटर प्याकमा उपलब्ध छ ।

नेपाली बजारमा उपलब्ध गराएको अवसरमा विन्टर धमाका नामक अफर समेत ल्याइएको छ । यस अन्तर्गत अक्टोबर देखि डिसेम्बर सम्म ३ महिनाको अवधिमा ६ किलोलिटर वा सो भन्दा बढी आयल बिक्री गर्ने डिलरलाई ३ रात र ४ दिनको दुबई भ्रमणको अफर समेत सार्वजनिक गरेको छ ।

कार्यक्रममा दुवै कम्पनीका नेपालस्थित च्यानल पार्टनरहरुको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here