प्रम ओलीले भने ‘मजाक उडाउनेहरुलाई फ्रिमा रेल चढाउने मन थियाे’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल चलाउने याेजनाकाे
बिराेध गर्नेलाई सित्तैमा रेल चढाइदिने मन भएको बताएका छन्। नेपालमा रेल चलाउने कुरा गर्दा विरोध गरेकाे भन्दै तिनिहरुलाई सित्तैमा रेल चढाइदिने भनेका हुन्र ।

उनले भने ‘जनकपुर आएर मैले आफैंले टिकट काटेर रेल चढेँ । मैले साथीहरूलाई भनेको थिएँ, जोजोले विरोध गर्नुहुन्छ, जनकपुरमा फ्रिमा एकपल्ट कुदाइदिउँला भनेको कोही पनि आएन फ्रिमा कुद्न ।’

मंगलबार मधेश प्रदेश सभालाई सम्बोधन गर्दै उनले यस्ताे भनेका हुन्र। प्रम ओलीले आत्मविश्वास नभएको व्यक्तिलेमात्रै कुरा काट्ने गरेको बताए । उनले भने, ‘सुरुसुरुमा त्यस्तै हो, मान्छेले कुरा काट्छ, विश्वास गर्दैन, पत्याउँदैन र हुँदैन, सकिँदैन भन्छ ।

विगतमा जनकपुर–जयनगर रेल चलेर लामो समयसम्म बन्द भएकाेमा अघिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा पुनः चलाउन सुरु गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here