समान्य घट्याे नेप्से, काराेबारमा पनि गिरावट

काठमाडौं। मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।

नेप्से ३.४४ अंकले घटेर २६६६.६१ विन्दुमा बन्द भएको हाे। यसदिन सेयर बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ।

सोमबार पाँच अर्ब ६५ करोडको सेयर कारोबार भएकोमा मंगलबार पाँच अर्ब ३० करोडको कारोबार भएको छ।

यो रकम अघिल्लो दिनको तुलनामा ३५ करोड रूपैयाँ कमी आएको हो।

मंगलबार १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ वटाको घटेको छ। यसदिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here