काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ९.६६ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६७६ मा कायम भएको हाे।
आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ३० करोडको कारोबार भएकोमा आज ४ अर्ब ४४ करोडमा खुम्चिएकाे हाे। १५४ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने एउटाको स्थिर रहेकाे
यस दिन बैंकिङ र व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ ०.०३ तथा व्यापार ०.४० प्रतिशत घटेका छन्। होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै २.४४ प्रतिशत बढेका छन्।
त्यस्तै विकास बैंक ०.२९, फाइनान्स ०.३४, हाइड्रोपावर ०.०८, लगानी १.४८, जीवन बीमा ०.२२, उत्पादन १.३६, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.६५, अन्य ०.३६ प्रतिशत बढेका छन्। नेपाल माइक्रोइन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेकाे छ।