काठमाडौं ।नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले ८ महिना अवधिमा ८९अर्ब रुपैयाँ लगेका छन्। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार साउन–फागुन मसान्तसम्म ८८ अर्ब ९८ करोड रुपैयाँ विद्यार्थीले विदेश लगेका छन् ।
यस अवधिमा मुलुकको कुल भ्रमण व्यय १ खर्ब ४८ अर्ब रुपैयाँ रहेकाेमा शिक्षामा ८९ अर्ब विदेशिएको हो । अघिल्लो वर्ष यो अवधिमा भ्रमण व्यय १ खर्ब २२ अर्ब ८१ करोड थियो । जसमध्ये शिक्षातर्फको व्यय ८० अर्ब १४ करोड थियो ।
मुलुकले भ्रमण आयबाट भने ८ महिनामा ५६ अर्ब ७० करोड रुपैयाँ मात्र आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ९.७ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष भ्रमण आय ५१ अर्ब ६९ करोड थियो ।





















