विश्वका सबैभन्दा मूल्यवान ब्राण्ड एप्पल, फेसबुक टप टेनबाट बाहिरियो

काठमाडौं । इन्टरब्राण्ड कम्पनीले यो वर्षको विश्वका सर्वाधिक मूल्यवान ब्राण्डको सूची सार्वजनिक गरेको छ ।

सार्वजनिक सूची अनुसार यस वर्ष पनि टेक्नोलोजी जाएन्ट्स एप्पल र गुगलले आफ्नो ब्राण्ड भ्यालुलाई कायम राख्दै विश्वका सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएका छन् ।

विश्वका चर्चित सार्वजनिक सामाजिक सञ्जाल फेसबुक भने टपटेन वाट नै बाहिरिएको छ ।

एप्पल पहिलो स्थानमा कायमै छ भने गुगल दोश्रो स्थानमा यथावत छ । सन् २०१९ को विश्व शीर्ष १०० ब्राण्डको वरियतामा फेसबुक १४औं स्थानमा पुगेको छ गत वर्ष फेसबुक आठौं स्थानमा थियो ।

प्रविधिका ब्राण्डको प्रभुत्व

यो वर्ष विश्वका सर्वाधिक मूल्यवान १ सय ब्राण्डको सूचिमा प्रविधिका ब्राण्डको प्रभुत्व देखिएको छ । इन्टरब्राण्डका अनुसार टेक्नोलोजी ब्राण्डले बढि हिस्सा ओगटेका छन् ।

ब्राण्डेड प्रडक्ट तथा सेवाको वित्तिय अवस्था, उपभोक्ताको छनोटमा ब्राण्डले खेल्ने भूमिका तथा मूल्य र कम्पनीको मुनाफा लगायतका तत्वहरुको आधारमा इन्टरब्राण्डले विश्वका सर्वाधिक मूल्यवान ब्राण्डहरुको सूचि निकाल्ने गर्दछ ।

सार्वजनि सूची अनुसार दोस्रो र तेस्रो स्थानमा क्रमशः गुगल र अमेजन छन् । त्यस्तै, चौथो ब्राण्डमा माईक्रोसफ्ट कम्पनी छ भने, पाँचौं र छैटौंमा क्रमशः कोका–कोला र सामसङ छन् ।

सातौं स्थानमा जापानी अटो निर्माता कम्पनी टोयोटा छ भने यस पटक शीर्ष सय ब्राण्डको आठौं स्थानमा जर्मन अटो कम्पनी मर्सिडिज पर्न सफल भएको छ ।

गत वर्ष यो स्थानमा फेसबुक थियो । तर यस वर्ष भने मर्सिडिजले सो स्थान कब्जा जमाउन सफल भएको हो । त्यस्तै, नवौं र दशौं स्थानमा भने क्रमशः अमेरिकी फाष्ट फुड कम्पनी म्याकडोनल्ड र अमेरिकाकै एक मिडिया तथा मनोरञ्जन कम्पनी डिज्नी परेका छन् ।

ब्राण्ड भ्यालुमा निकै तिब्र रुपमा उकालो चढिरहेको फेसबुक १४औँ स्थानमा आइपुगेको रिपोर्टले देखाएको छ । कोकोकोला चौथो नम्बरमा आईपुग्दा प्रतिस्पर्धी पेप्सीले २४ औ स्थानमा रहेको छ । मूल्यवान सय भित्र प्यानासोनिक ८१ औँ, सोनी तथा एचपी ५४ औँ स्थानमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here