सुनकाे भाउमा फेरि नयाँ रेकर्ड

प्रतिकात्मक तस्विर

काठमाडौं। बिहीबार सुनको भाउ ताेलामै ५ हजार ७ सय रुपैयाँ बढेकाे
छ। अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुग्यो। अघिल्लो दिन अर्थात बुधबार सुन ताेलामा २ हजारले बढेको थियाे।

सुनको यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चत रेकर्ड बनेको थियो ।

आज चाँदिकाे भाउ पनि बढेको छ। अघिल्लो दिन १८३५ रुपैयाँ रहेको चाँदि आज १९०० रुपैयाँ पुगेकाे हाे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेसँगै सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here