काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आगामी आर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरुसँग छलफल गर्दैछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो साढे ३ बजे हुने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिने तथा आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न लागेका हुन् ।