विश्वका २.२ अर्ब मानिसमा आँखासम्बन्धी समस्या, डब्ल्यूएचओ भन्छ-‘घरबाहिर धेरै खेल्नुहोस्’

काठमाडौं । विश्वभर २.२ अर्ब मानिसहरु कुनै न कुनै आँखासम्बन्धी समस्याबाट ग्रसित भएको पाईएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सार्वजनिक गरेको रिपोर्ट अनुसार विश्वभर २.२ अर्ब मानिसहरु कुनै न कुनै आँखासम्बन्धी समस्याबाट ग्रसित रहेका छन् ।

अन्धोपन र बहिरोपन रोकथामको लागि डब्ल्यूएचओ समन्वयक स्पेनकी डाक्टर अलार्कोस सीजाद्धारा पेश गरिएको रिर्पोट अनुसार विश्वभर २.२ अर्ब मानिसहरु कुनै न कुनै प्रकारको आँखा सम्बन्धी समस्याबाट ग्रसित छन् ।

खासगरी विकासशील राष्ट्रहरुमा स्वस्थकर जीवनशैली तथा खानपान साथै राम्रो डाक्टरको अभावमा यस्तो समस्या बढदै गएको तथ्यांकले देखाएको छ ।

यसका साथै डा. सीजाले आफ्नो बच्चालाई घरबाट बाहीर निस्कन र धेरै समय प्राकृतिमा बस्न नदिदाँ पनि यस्तो समस्या बढ्दै गएको छ ।

डा. सीजाले भनिन्, ‘हामीले हाम्रो बच्चालाई घरभन्दा बाहीर धेरै समय खेल्न उत्प्रेरित गर्नुपर्छ, किनकी यस्तो गर्दा मोटोपन कन्ट्रोलमा मात्रै नआएर आँखाको लागि पनि धेरै फाइदा पुग्छ ।’

रिपोर्टमा बच्चाहरुलाई मोवाईल, टी.भी, ल्यापटप, कम्प्यूटर जस्ता स्क्रिनेवल सामाग्री भन्दा शारीरीक कसरत गर्नुपर्ने खेल वा काममा अग्रसर गर्नुपर्ने कुरा उल्लेख छ ।

डब्ल्यूएचओले यो पनि भनेको छ कि वर्तमान समयमा देखिएको आखाँसम्बन्धी समस्यालाई आधा घटाउन सकिन्छ । मात्रै सम्बन्धीत देशले स्वास्थ्य योजनामा आँखा स्वास्थ्लाई पनि जोड दिनुपर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here