काठमाडौं । सांसदहरूले तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदमा बोलाउने प्रस्ताव गरेका छन् । तीनकुने घटनाकाे ज्ञानेन्द्र शाह जवाफदेही हुनुपर्ने भन्दै सांसदहरूले जवाफ लिनेगरी संसदीय समितिमा बोलाउनुपर्ने बताएका हुन ।
कांग्रेस सांसद जीवन परियारले कानुन, न्याय तथा मानव अधिकार समितिमै बोलाएर घटनाबारे सोधपुछ गर्नुपर्ने बताए ।
उनले पूर्वराजा उनलाई पनि नागरिकलाई जति अधिकार हो त्यति अधिकार छ । उनले भने ‘लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्चाउने अधिकार कसैलाई छैन ।’
कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीका सांसदहरूले पनि तीनकुने घटनाबारे पुर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने माग राखेका छन् ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजवादीको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गएको छ ।