आन्दोलनरत शिक्षकलाई प्रम ओलीले भने ‘आफ्नो मात्र हित हेरेर हुदैन ‘

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई आफ्नो मात्र हित हेरेर नहुने बताएका छन् ।

नेकपा एमालेले शुक्रबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीले वार्ताका लागि सरकारले पटकपटक बोलाइसकेकाले शिक्षकहरू सडकमा गएर प्रदर्शन गर्नु आवश्यक नरहेको बताए ।‘समस्याहरू छन्, तर सडक प्रदर्शनमा जानु पर्ने अवस्था छैन ’ ओलीले भने ।

प्रधानमन्त्रीले शिक्षकहरूलाई आफ्नो हित मात्रै हाेइन राष्ट्रको हित आर्थिक अवस्था पनि हेर्न आग्रह गरे । साथै उपयुक्त शिक्षा ऐन छिटै ल्याउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here