यस्तो बन्दैछ जनकपुर विमानस्थल (तस्वीर सहित)

जनकपुर, ५ कात्तिक । जनकपुर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो भवन परम्परागत भवनभन्दा निकै अत्याधुनिक डिजाइनमा निर्माण हुँदैछ ।

यसको भौतिक संरचना निर्माणको काम सम्पन्न भई ब्यूटिफिकेसनको काम जारी रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

यो टर्मिनल विल्डिंगलाई आगामी जनवरी भित्रै संचालनमा ल्याउने योजना रहेको छ । जनकपुर विमानस्थल धार्मिक तिर्थालुका कारण बढी भीड हुने गर्छ ।

यस विमानस्थ्लमा अहिले बुद्ध र यति एयरलाइन्सले दैनिक उडान गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here