वीरगञ्जमा लम्ब्याइयाे कर्फ्यु

काठमाडौं । वीरगञ्जमा लगाइएको कर्फ्यु आदेश लम्बिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार सूचना जारी गर्दै कर्फ्यु आदेश लम्बिएको जानकारी दिएका हुन्।

प्रशासन कार्यालयले शनिबार साँझ साढे ७ बजेसम्म लगाएकाेमा आइतबार राति १२ बजेसम्मका लागि लम्बिएको हो।

शनिबार हनुमान जयन्तिको अवसरमा आयोजना गरेको शोभायात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो। शोभायात्रामा हिँडिरहेकाहरूमाथि ढुंगा हानेको भन्‍दै त्यहाँ तनावको स्थिति बनेको हो। झडपबाट एसपी गौतम मिश्रसहित १७ जना घाइते भएका थिए। सशस्त्र प्रहरीका आठ जना र १२ जना सर्वसाधरण घाइते भएका थिए।

स्‍थिति नियन्त्रण बाहिर पुगेपछि बजेदेखि आइतबार मध्यान्हसम्म कर्फ्यु आदेश जारी गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here