राजनीतिक संरक्षणको आडमा प्लटिङ,सयौँ रुख र खेतीयोग्य जमिन स्वाहा

काठमाडौं,५ कात्तिक । उपत्यकाको तारकेश्वर नगरपालिका भित्रको खेती योग्य जमिनमा प्लटिङ गर्दै सयौँ रुख काटिएको छ ।

खेतीयोग्य जमिनहरुमा डोजर चलिरहेको छ । डोजरले गर्दा खेतीयोग्य जमिन र हरियाली डाँडा मरभुमी जस्तै उदाङ्गगो बनिरहेका छन ।

गरिब निमुखा एवं भुकम्पपिडितहरुलाई घडेरी सम्याउन नगरप्रशासन बाधक हुन्छ भने र्साजनिक जग्गा मास्ने बालुवा ठेकेदारहरुलाई नगरपालिका वा प्रहरी बेखवर जस्तै बनीरहेको छ ।

१ करोडसम्मका आयोजनामा डोजर प्रयोग गर्न नपाइने भएको छ । मन्त्रिपरिषद् बैठकले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका’ पारित गरेसँगै डोजरको बढ्दो अनधिकृत प्रयोगमाथि अंकुश लाग्ने भएको हो ।

प्राविधिक रुपमा असम्भव स्थानमा डोजर प्रयोग गर्न भने निर्देशिकाले प्रतिवन्ध लगाइएको छैन । त्यसका लागि प्राविधिक टोलीको सिफारिस चाहिने छ ।

वन नियमावलीलाई लत्याउदैैं रुख कटान

यो दृश्य हो तारकेश्वर नगरपालिका वडा नं १ स्थीत साङ्गलाको जाँहा सयौ भन्दा बढी रुख एवं खेतीयोग्य जमिन मासेर डोजर चलिरहेको छ । पटक पटक स्थानिय बासीको अवरोध लाई लत्याउदै नगरप्रशासनको मिलेमतो एवं राजनैतिक संरक्षणको आडमा प्लटीङ्ग भइरहेको स्थानियबासी बताउछन ।

वन नियमावली, २०५१ अनुसार रुखको कटान तथा ओसार पसारमा घरायसी प्रयोजन बाहेक अन्य ओसार पसार गर्न वन बिभागको स्वीकृति अनुसार गर्नू पर्ने हुन्छ तर याहाँ प्रचलित ऐन र नियमलाई लत्याउदै डोजर चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here