नयाँ वर्षमा सेयर बजारमा देखियाे उत्साह

काठमाडौं । नयाँ बर्ष २०८२ सुरु भएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साह देखिएका छ। मंगलबार सेयर बजार २६.५५ अंकले बढ्दै २६ सय ८८ को विन्दुमा पुगेर रोकिएको हो ।

मंगलबार कुल ३ सय २० कम्पनीका २ करोड १८ लाख ४१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ५४ करोड ४३ लाख माथि पुगेको छ ।

आज कारोबारमा आएका समुहमध्ये २ बाहेक सबै समुहको परिसुचक उकालो लागेका छन् । आज व्यापार समुहको परिसुचक ओरालो र म्युचुअल फण्ड समुहको परिसुचक स्थिर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here