काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य आज अर्थात मंगलबार राति १२ बजेबाट लागू हुनेगरी घटेको छ ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३/३ रुपैयाँ घटाइएको हो ।
यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १ सय ६० र मट्टितेलको १ सय ४६ रुपैयाँ पर्नेछ । त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको १ सय ५९ र मट्टितेलको १ सय ४५ रुपैयाँ पर्नेछ ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीगञ्जमा भने पेट्रोलको १ सय ५७ रुपैयाँ ५० पैसा र मट्टितेलको १ सय ४३ रुपैयाँ ५० पैसा पर्नेछ ।