यु–१६ नेटबल च्याम्पियनसिप: नेपाल माल्दिभ्ससँग पराजित

काठमाडौं, ५ कात्तिक । दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपमा नेपालले चौंथो स्थान हासिल गरेको छ ।

ललितपुरको लगनखेलस्थित आर्मीको कर्भडहलमा भएको खेलमा नेपाल माल्दिभ्ससँग पराजित भएको हो । नेपाललाई माल्दिभ्सले ३५- २५ ले पराजित गर्यो ।

तेस्रो स्थान हासिल गरेको माल्दिभ्ससामू नेपाली टोलीले फितलो प्रदर्शन गरे । अन्तिम राउण्डमा आक्रमक रुपमा उत्रिएका नेपाली टोलीले खेलको नजिता उल्टाउन नजिक-नजिक पुगेपनि तर सफल हुन सकेन ।

अघिल्लो तीन राउण्डमा नेपाली टोलीले स्कोर गर्ने अवसर धेरै पाएपनि सफल हुन सकेनन् । नेपाल नेटबल संघले आयोजना गरेको च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here