सरकारले भन्याे ‘गभर्नरकाे नियुक्ति चाँडै हुन्छ’

काठमाडौं । सरकारका प्रवक्ता र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चाँडोभन्दा चाँडो गभर्नर नियुक्ति हुने बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ताे बताएका हुन्। साे अवसरमा गुरुङले गभर्नर नियुक्तिमा आएको समस्या समाधानका लागि सत्ता साझेदार दलका प्रमुख नेताहरूबीच सहमति भएकाले चाँडै नियुक्त हुने बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच वार्ता भएर समस्याको समाधानकाे लागि सहमति भएको उनले जानकारी दिए। ‘आज संयन्त्रको बैठकले नीतिगत मार्गदर्शन गर्नेछ भन्ने विश्वास लागेको छ,‘गभर्नर नियुक्ति चाँडोभन्दा चाँडो नियुक्त गर्दैछौं’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here