प्रतितोला २०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं, ५ कात्तिक। मंगलवार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर ७० हजार २ सय रुपैयाँ कायम भएको छ ।

सोमवार ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा मंगलवार २ सय रुपैयाँले कमी आएको नेपाल सुनचाँदी महासंघले बताएको छ ।
मंगलवार तेजावी सुनको मूल्यमा पनि २ सय रुपैयाँले कमी आएको छ ।

सोमवार प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य मंलवार ६९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

मंगलवार चाँदीको मूल्य भने यथावत नै रहेको छ । मंगलवार चाँदीको मूल्य प्रतितोला ८ सय ५० रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here