बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

फाइलफोटो

काठमाडौं । सरकारले आज र भाेलि देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो । बालबालिकाहरुलाई घर नजिकको खोप केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।

६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पनि दिने गरिन्छ । त्यसैगरी नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य सरकारकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here