सुनकाे भाउ २ लाख नजिक

प्रतिकात्मक तस्विर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेका छ। सुनकाे भाउ ताेलामा २ लाख रुपैयाँ नजिक पुगेको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ। मंगलबार कायम भएको याे मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ किनबच भएको थियाे।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सुनको मूल्य अझै बढ्ने बढ्ने देखिन्छ। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here