‘प्रतिगमनलाई बल पुर्‍याउनेलाई परास्त गर्नुपर्छ’ :नारायणकाजी

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई बल पुर्‍याउनेहरुलाई परास्त गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र अबको कार्यभार विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्ताे बताएका हुन्। श्रेष्ठले यथास्थितिवादकै कारण प्रतिगमनकारीहरुले टाउको उठाइरहेको भन्दै त्यसलाई परास्त गर्नुपर्ने बताएका हुन् ।

यथास्थितिवाद सत्ताभोग, भ्रष्टाचार र निरंकुशताको मुख्य पक्ष बनेको उनको भनाइ थियाे। श्रेष्ठले सरकार यथास्थितिवादको मुख्य बाहकको रुपमा रहेकाले त्यसकाविरुद्ध पनि संघर्ष गरेर मात्रै प्रतिगमनविरुद्धको लडाईलाई सफल पार्न सकिने तर्क गरे ।

उनले संविधानको कार्यान्वयन गर्दै सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here