सेयर बजार घट्ने क्रम आज पनि जारी,अन्यमा बढ्यो आकर्षण

काठमाडौं । मंगलबार सेयर बजार ९.९६ अंक घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक २६८८ अंकमा कायम भएको छ ।

आज बजार घट्दा कारोबार रकम पनि ओरालो लागेको छ । अघिल्लो दिन ८ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३२ करोडको भएको हाे । ८६ कम्पनीको मूल्य बढ्दा १६० को घट्यो भने एउटाको स्थिर रहेकाे छ ।

आज अन्य सेक्टर सबैभन्दा धेरै २.२१ प्रतिशत बढेकाे छ। दुई ठूला कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्य बढ्दा समग्र सेक्टर बढ्न मद्दत पुगेको हो ।

त्यस्तै होटल तथा पर्यटन समूह ०.७९ र उत्पादन समूह १.१८ प्रतिशत बढेका छन् । लगानी सबैभन्दा धेरै १.८७ प्रतिशत घटेकाे छ।

बैंकिङ ०.७३, विकास बैंक १.६१, फाइनान्स ०.३५, हाइड्रोपावर ०.६७, जीवन बीमा ०.२४, माइक्रोफाइनान्स ०.३३, निर्जीवन बीमा ०.४१ र व्यापार १.६५ प्रतिशत घटे ।

आज दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here