काठमाडौं । टिकटककाे क्यापकटसँग प्रतिस्पर्धा गर्ने उदेश्य सहित इन्स्ताग्रामले एडिट्स नामक नयाँ भिडिओ एडिटिङ एप सार्वजनिक गरेको छ । टिकटकको भिडिओ एडिटिङ एप क्यापकटसँग प्रतिस्पर्धा गर्न ल्याइएको यो आईओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा निःशुल्क रूपमा उपलब्ध यसका सुविधहरु क्यापकटकाे जस्तै नै छ।
यसमा प्रोजेक्ट म्यानेजमेन्ट, नोट तथा आइडिया ट्य्राकिङका साथै भिडिओको पर्फर्मेन्स सम्बन्धी डेटा हेर्ने लगायतका सुविधाहरू छन् ।
इन्स्टाग्रामका प्रमुख एडम मोसेरीका अनुसार एडिट्स कन्टेन्ट क्रिएटरहरूका लागि लक्षित गरि ल्याइएकाे हाे।