औषधिमा र जुत्ता, चप्पलमा एक साताभित्र एमआरपी राख्न सरकारकाे निर्देशन

फाइलफोटो

काठमाडौं । सरकारले जुत्ता, चप्पल र औषधिमा एक साताभित्र अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता उत्पादक संघ नेपाल र रसायन तथा मेडिकल आपूर्ति संघ नेपाललाई सातदिन भित्र एमआरपी सहित लेबल लगाउन निर्देशन दिएको हो ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालसहितको टोलीले मंगलबार यी दुई संघसँग एमआरपी सहितको लेबल राख्ने सहमति भएको हाे।

त्यसाेत विभागले गत चैतदेखि नै एमआरपीसहित लेबल लगाउन निर्देशन गरेको थियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here