आज पनि घट्यो सेयर बजार

काठमाडौं । बुधबार पनि सेयर बजार ओरालो लागेको छ। यससँगै लगातार चौथो कारोबार दिन सेयर बजार घटेको हाे । बुधबार थप ३२.३८ अंक घट्यो । सो गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भयो । बजार घटेपछि काराेवार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५७ करोडको भएको छ।

आ २८ कम्पनीको मूल्य बढ्दा २१७ को घट्यो भने एउटाको स्थिर रहेकाे
छ। विकास बैंक सेक्टर सबैभन्दा धेरै २.०९ प्रतिशत घट्यो । त्यस्तै बैंक १.२३, फाइनान्स १.१५, होटल तथा पर्यटन १.०१, हाइड्रोपावर १.७८, लगानी १.७६, जीवन बीमा ०.४५, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९७, अन्य १.५० र व्यापार ०.३० प्रतिशत घटे ।

आज दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here