भारतले आफ्नो देशमा रहेका पाकिस्तानीलाई ४८ घन्टाभित्र देश छाड्न आदेश दिएको छ।
जम्मू-कश्मिरको पहलागाममा मंगलबार भएको आतंकवादी हमलापछि भारतले यस्ताे आदेश दिएकाे हाे। बुधबार बसेको केन्द्रीय सुरक्षा परिषद्को बैठकले दुई दिनको समय दिएर भारतमा रहेका पाकिस्तानीहरूलाई देश छाड्न भनेको हो। सार्क राष्ट्र विशेष भिसा (एसभिइएस) उपयोग गरी भारत आएका पाकिस्तानीहरूलाई ४८ घन्टाको समयसिमा लागू गरिएको हाे। भारतले त्यस्ता भिसा जारी नगर्न र जारी भएकाहरू पनि रद्द हुने निर्णय गरेको छ।
अन्य पाकिस्तानीहरूलाई पनि मे १ अगाडि नै भारत छाड्न भनिएको छ।
भारत र पाकिस्तानबीच आवतजावत गर्ने एकमात्रै अटारी नाका पनि मंगलबारको बैठकले बन्द गर्ने निर्णय गरेको छ।



























