काठमाडौं । अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजार सामान्य बढेकाे छ। यस दिन बजार २.०७ अंक बढेकाे हाे। सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६५८ मा कायम भएको छ । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८७ करोडको भयो ।
कुल ८३ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने एउटाको स्थिर रह्यो । आज लगानी समूह सबैभन्दा धेरै २.४ प्रतिशत बढेकाे छ। त्यस्तै हाइड्रोपावर ०.२२, व्यापार ०.३९ र बैंकिङ ०.०३ प्रतिशत बढेका छन्।
विकास बैंक ०.७६, फाइनान्स ०.८३, होटल तथा पर्यटन १.१६, जीवन बीमा ०.३२, उत्पादन ०.१७, माइक्रोफाइनान्स ०.४६, निर्जीवन बीमा ०.२८ र अन्य समूह ०.१३ प्रतिशत घटेका हुन्।
बिहीबार दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेकाे छ । त्यस्तै ङादी ग्रुप, विन नेपाल लघुवित्त र युनिभर्सल पावरको मूल्य ७ प्रतिशत बढ्यो ।
यता नेपाल हाइड्रो डेभलपर्सको ७.१२ प्रतिशत घट्यो ।