३.५८ अंक बढ्यो नेप्से,१० अर्ब ८७ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आज नेप्से परिसूचक ३.५८ अंक बढेकोछ । सो वृद्धिपछि नेप्से २६६१ मा कायम भएको छ । बजारमा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज ३ अर्बले कारोबार बढेको हाे ।

अघिल्लो दिन ७ अर्ब ८७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८७ करोडको भयो । उच्च कारोबारका बीच बजारको परिसूचक नेप्से सामान्य अंक बढेको छ ।

आज सबैभन्दा धेरै लगानी सेक्टर बढेकाे छ। आइतबार बैंकिङ ०.३९, विकास बैंक ०.०२, फाइनान्स १.०५, जीवन बीमा ०.११, माइक्रो फाइनान्स ०.९४, निर्जीवन बीमा ०.३३ तथा अन्य समूह ०.५७ प्रतिशत घटेकाछन् । त्यस्तै हाेटल तथा पर्यटन ०.३८, हाइड्रोपावर १.०६, लगानी १.७७, उत्पादन ०.४१ तथा व्यापार समूह १.१८ प्रतिशत बढेका छन् ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको हो ।

भूगोल इनर्जीको ७.६३, ङादी ग्रुप पावरको ७.५५, सानिमा माइ हाइड्रोपावरको ७.१९, अरुणभ्याली हाइड्रोपावरको ७.०७ प्रतिशत मूल्य बढेका छन्। यता विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो भने नारायणी डेभलपमेन्टको ५.०२ प्रतिशत घटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here