ताेलामै १४ सय घट्याे सुनकाे भाउ!

काठमाडौं । सोमबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ। अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदिकाे मूल्य तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९७० मा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here