केआईआईटीमा नेपाली विद्यार्थीको मृत्युबारे भारतीय विदेश मन्त्रालयकाे चासाे

भारतीय विदेश मन्त्रालयले शोक व्यक्त गरेको छ

काठमाडौं । ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको नेपाली विद्यार्थी प्रिसा शाहको मृत्युप्रति भारतीय विदेश मन्त्रालयले शोक व्यक्त गरेको छ ।

मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै किटमा मृत्यु भएकी शाहको परिवारप्रति समवेदना समेत व्यक्त गरेको छ ।

‘यो दुःखद् घटनाको जानकारी पाएको क्षणदेखि नै भारतको परराष्ट्र मन्त्रालय ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा छ’, विज्ञप्तिमा भनिएको छ, । साथै ओडिसा राज्य सरकारले दिवंगत विद्यार्थीको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ । हाल प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जानकारी समेत दिएकाे छ।

विज्ञप्तिमा भारत सरकार सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, सुरक्षासम्बन्धी चिन्ता र सर्वोपरि हितको सन्दर्भमा अत्यन्त संवेदनशील रहेको समेत भनिएको छ । वीरगञ्ज स्थायी घर भएकी १८ वर्षीय शाह स्नातक प्रथम वर्षमा अध्ययरत विद्यार्थी थिइन् ।

उनकाे शवलाई अस्पताल पठाइएको थियो भने घटनास्थलाई प्रहरीले सुरक्षित साथ राखेको छ । उनको बुबा त्यहाँ पुगेपछि मात्र पोस्टमार्टम गर्ने भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here