उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको आयोगले सरकारलाई यो प्रतिवेदन बुझाइसकेको छ ।

त्यस्तै राेजगारी सिर्जना र गरिबी निवारणका लागि सार्वजनिक, सहकारी र निजी क्षेत्रबीच सहकार्य कार्यान्वयन गर्ने समेत उनले बताए ।

उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिका लागि सार्वजनिक, निजी, साझेदारीलाई प्रोत्साहन गर्ने समेत उनले बताए । वित्तीय तथा मौद्रिक नीतिबीच सामञ्जस्य कायम गरिने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here