देशका विभिन्न भागमा चट्याङ्ग सहित वर्षा

काठमाडौं । हाल गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ ।

मेघगर्जन/चट्याङ्ग सहित वर्षा गराउने बादल पश्चिमबाट पूर्व सर्दै गरेकोले गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका बाँकी केही भू-भागहरू तथा मधेश प्रदेशको समेत थोरै भू-भागहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना देखिएका मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। साथै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here