पैसा धेरै भएपछि राष्ट्र बैंकले बजारबाट आज ५० अर्ब झिक्दै

राष्ट्र बैंकले आज फेरि ५० अर्ब रुपैयाँ बजार झिक्न लागेको छ ।

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले आह्वान गरेको छ ।

निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here