आजपनि उकालो लाग्यो सुन, यस्ताे छ मुल्य

प्रतिकात्मक तस्विर

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आजपनि बढेको छ ।
आइतबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुन प्रतितोला एक लाख ८४ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

यता आज चाँदीकाे भाउ भने स्थिर छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here