काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ सरकारको बेलुन फुटिसकेको बताएका छन् । सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
प्राविधिक रुपमा अहिलेको सरकार नढलेको भए पनि जनताको मन मस्तिष्कमा सरकार ढलेजस्तो भएको बताए ।
उनले एक महिना बितिसक्दा पनि गभर्नर नियुक्त गर्न नसकेकाे भन्दै नियुक्ति र निर्णयमा स्वार्थ समूह नै हावी भएको आरोप समेत लगाए। सार्वजनिक संस्थानमा चरम राजनीतिकरण भइरहेका छन् ।’























