काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गर्ने विद्यार्थीहरूलाई दण्डित गर्ने काम राेक्न निर्देशन दिएको छ।
सोमबार सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पत्राचार गर्दै महानगरको शिक्षा विभागले नेपाली भाषा बोलेकै आधारमा विद्यार्थीलाई दण्डित गर्न वा जरिवाना गर्न तत्काल बन्द गर्न निर्देशन दिएको हो।विद्यालयमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित वा जरिवाना गरेको गुनासो आएपछि महानगरले यस्ताे कदम चालेकाे हाे।
महानगरले यदि कुनै विद्यालयले शिक्षणको माध्यम अंग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अंग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भागामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न भनेकाे छ।