काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९ अंकले ओरालो लागेको छ । आज नेप्से ९.६२ अंकले घट्दै २६ सय १० को विन्दुमा झरेर बन्द भएको हो ।
आज कुल ३ सय १९ कम्पनीका १ करोड ८४ लाख ३७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ६३ करोड ४१ लाख बराबरको भएको छ ।
कारोबारमा आएकामध्ये १ सय ५९ कम्पनीको सेयरमूल्यमा गिरावट आएकाे छ भने ८६ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । आज कारोबारमा आएकामध्ये लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।