सेनाकी तुलसा खत्रीले चीनमा बनाइन नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं, ५ कात्तिक । नेपाली सेनाकी खेलाडी तुलसा खत्रीले ४०० मिटर दौडमा महिलातर्फ नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

चीनको उहानमा जारी सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा उनले ४०० मिटर दुरी ५९.५७ सेकेण्डमा पूरा गरेर नयाँ कीर्तिमान राखेकी हुन् । यसअघि सो कीर्तिमान प्रमिला रिजालको नाममा थियो । रिजालले सन् २०१० मा सो दौडमा ५९.९० सेकेण्डको रेकर्ड कायम गरेकी थिइन् ।

सो प्रतियोगितामा २१ देशका प्रतियोगिले भाग लिएको सेनाले जानकारी दिएको छ ।

त्यसैगरी, महिलातर्फको १०० मिटर दौडमा सेनाकी सरस्वती चौधरीले १२.६६ सेकेण्डमा दुरी पार गरी आफ्नो व्यक्तिगत रेकर्ड सुधार गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here