सुनकाे उकालाे यात्रा जारी, तोलामा ६ सय वृद्धि

काठमाडौं । केहि दिनदेखि लगातार उकालाे लागेकाे सुनकाे भाउ आज पनि निरन्तरता दिएकाे छ। आज सुन तोलामा रु ६०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु१ लाख ९२ हजार २०० कायम भएको छ ।

बुधबार प्रतितोला सुन रु१ लाख ९१ हजार ६०० मा किनबेच भएको थियाे। यता आज चाँदिकाे भाउ तोलाकाे एक हजार ९५५ ताेकिएकाे छ। बुधबार चाँदी ताेलामा रु एक हजार ९६५ मा खरिदबिक्री भएको थियो ।