मौसममा बदली: तीन दिन पारिलो घाम ताप्न मुस्किल,वर्षा र हिमपातको सम्भावना

काठमाडौं,६ कात्तिक । देशभरको मौसममा बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज देशका अधिकांस स्थानमाको मौसम बदली भई केहि स्थानमा फाट्टफुट्ट पानी पर्ने संभावना रहेको छ।

मध्य र पूर्वी क्षेत्रका अधिकांश स्थानको मौसम पूर्ण रुपमा बदली भई केहि स्थानमा हल्का पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्को अनुसार अहिले मध्य र पूर्वी क्षेत्रमा सामान्य (आकाशमा आधाभन्दा बढी बादल) र पश्चिमी भेगमा आंशिक (आकाशमा आधाभन्दा कम बादल) बदली भएको छ।
आज राति मध्य र पूर्वी पहाडी भेगका थोरै तथा पश्चिमी पहाडका एक वा दुई स्थानमा हल्का वर्षाका साथै उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

यस्तै बिहीबार पनि देशभरको मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने मध्य र पूर्वी भेगका थोरै तथा पश्चिम पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ। काठमाडौं उपत्यकाको आज विहानको न्युनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।

बुधबार

दिउँसो : देशका मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडी भेगका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशका देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

बिहिबार

दिउँसो : देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

राती: देशका मध्य तथा पूर्वी सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

शुक्रबार

दिउँसो : देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

राती: देशका मध्य तथा पूर्वी सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here