उपसभामुख बंगालादेश प्रस्थान

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर भ्रमणका लागि शनिबार बिहान बंगालादेश प्रस्थान गरेकी छिन् ।

बंगालादेशको राजधानी ढाकामा हुने पत्रकार महिलाको सम्मेलनमा सहभागिताका लागि उपसभामुख राना बंगालादेशको राजधानी ढाका प्रस्थान गरेकी हुन् । इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालले बंगलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद् संगको सहकार्यमा वैशाख २८ मा हुने कार्यक्रममा उपसभामुख रानाले प्रमुख बक्ताको रुपमा सम्बोधन गर्नेछिन् ।

६ दिने भ्रमणबाट राना जेठ १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here