काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम सहमति भएकोसँगै पाकिस्तान एयरपोर्ट प्राधिकरणले देशको हवाई क्षेत्र खुलाइएको घोषणा गरेको छ । अबसबै उडानहरू पूर्ण रूपमा सञ्चालन हुनेछन् ।
पाकिस्तानले हवाई क्षेत्र आंशिक रूपमा बन्द गर्दा अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू प्रभावित पारेको थियो ।
अब, युद्धविरामको घोषणापछि हवाई आवागमन पुनः सुचारु गरिएको हो ।
