वन्यजन्तु र कला,संस्कृतिको संरक्षण गर्न दोधारा चाँदनी पर्यटन महोत्सव

पप्पु गुरुङ्ग, दोधारा,६ कात्तिक । ‘नेपाल भ्रमण वर्ष सफल पार्न साकार, जैविक विविधताकोे संरक्षण प्रमुख आधार’ नारा सहित माहाकालीमा दोधारा चाँदनी पर्यटन महोत्सव बुधवारदेखी सुरु हुँदैछ ।

महोत्सवको पूर्वमन्त्री तथा सांसद लेखराज भट्टले उद्धघाटन गर्ने भएको आयोजक समितिले जनाएको छ । बुधवार अपरान्ह महोत्सवको उद्धघाटन गरिने भएको हो ।

वन्यजन्तु संरक्षण तथा यस क्षेत्रको कला संस्कृतिकलाई संरक्षण तथा सम्बर्धन गर्न माहाकालीमा दोधारा चाँदनी पर्यटन महोत्सव २०७६ संचालन गर्न लागिएको आयोजक संस्था सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधारा र हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनीले जनाएको छ ।

सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधाराका अध्यक्ष अमर बहादुर बस्नेतले ४ दिन सम्म माहाकाली नगरपालिकाको वडा नं. ९ स्थित रहेको अम्बिका माध्यमिक बिद्यालयलको मैदानमा ‘महोत्सव–२०७६’ संचालनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए ।

राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारको प्रस्तुती

महोत्सवको लागि मञ्च ब्यवस्थापन, स्टलहरुको कार्य समेत पुरा भएको बताईएको छ् । महोत्सवमा राष्ट्रिय स्तरका कलाकार रबि ओड, अछामी बड्डो, चक्र बम, चेतन बोहरा, नवराज कलौनी, करिष्मा बिष्ट, लगाएत कलाकारहरु रहेका छन् ।

उक्त समयमा स्थानिय कलाकारहरुले पनि आफ्नो कला प्रदर्शन गर्ने आयोजक संस्थाहरुले जनाएका छन् । उद्धघाटको दिनमा सबैलाई खुल्ला गरिएको भएपनि दोस्रो दिन देखि समान्य टिकट रकम दर्शकहरुबाट लिईने छ ।

विगत लामो समय देखी माहाकाली नगरपालिका वडा नं. ९ को आमभोज स्थित रहेको अम्बिका माबिको खुला मैदानमा बिभिन्न समयमा राष्ट्रिय स्तर तथा स्थानिय स्तरका कलाकारलाई लिएर सास्कृतिक कार्यक्रम संचालन गर्दै आएका बिटि साउण्ड सिस्टमका संचालक यसवन्त खड्काले ‘दोधारा चाँदनी पर्यटन महोत्सव–२०७६’ कार्यक्रम संयोजकको जिम्मा लिएका छन् ।

बिगत लामो समय माहाकाली नगर क्षेत्रमा सास्कृतीक कार्यक्रम संचालन गर्दै आएर अनुभव बटुलेका बिटि साउण्ड सिस्टमका संचालक खड्काले यस वर्ष कार्यक्रमलाई थप ब्यवस्थीत गर्न लागिएको बताईएको छ् ।

महोत्सवलाई भब्य सब्य बनाउन माहाकाली नगरपालिका क्षेत्रमा ब्यापक प्रचार–प्रसार कार्य समेत अघि बढाईएको माहेत्सव कार्यक्रम संयोजक यसवन्त खड्काले टेलिफोन मार्फत जानकारी दिएका छन् ।

४ दिन सम्म संचालन हुने महोत्सवमा सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधारा र हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनी मुख्य आयोजक रहेका छन भने, सह–आयोजकमा माहाकाली नगरपालिका कार्यालय, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, डब्लुडब्लुएफ लगाएत संस्था रहेको छन् ।

वन्यजन्तु संरक्षणको लागी सचेतना फैलाउनका तथा वन्यजन्तुको बासस्थानको विस्तार तथा वन्यजन्तु चोरी–शिकार नियन्त्रण लगाएत विषयमा जनचेतना समेत दिने उद्देश्य राखिएको आयोजक संस्थाहरुले जनाएका छन् ।

यस क्षेत्रमा लोप हुदै गएको महोत्सवमा छलिया नाच, कृकिटी नाच, पैचरी नाच, भुवा नाच लगाएत नाचहरु प्रस्तुत गरिने महोत्सवका कार्यक्रम संयोजक यसवन्त खड्काले जानकारी दिएका छन् । महोत्सवमा विभिन्न स्थानिय कलाकारहरुको समेत प्रस्तती रहनेछ् ।

वन्यजन्तु संरक्षण संगै यस क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा थप टेवा पुग्ने सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधाराका अध्यक्ष अमर बस्नेले जानकारी दिएका छन् । महोत्सवले स्थानीय स्तरमा उत्पादित बस्तुको बजारिकरणमा समेत सघाउ पुग्ने बिश्वास लिईएको छ् ।

नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु-याउने लक्ष्यका साथ सरकारद्वारा घोषित समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय अभियानको साझेदार बन्न दोधारा चाँदनी पर्यटन महोत्सव–२०७६ आयोजना गरिएको बताईएको छ् ।

महोत्सवमा बढी भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने र दिगो विकासमा माहाकाली नगरपालिकालाई जोड्ने लक्ष्य रहेको मुल आयोजक समितिले जानकारी दिएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here