काठमाडौं । दुर्घटनाग्रस्त ट्रक हटाएपछी अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
बिहान ७ बजेदेखि अवरुद्ध भएको सडक दुवैतर्फ सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
इच्छाकामना-५ तुइनखोला भन्ने स्थानमा वीरगन्जबाट काठमाडौं आउँदै मधेश प्रदेश ०३-००१ख ९८१७ नम्बरको कोईला लोड गरिएको ट्रक आफैं अनियन्त्रित भइ सडकमा पल्टिएको हो।























