अत्यावश्यक लाइसेन्स छपाइ सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं । यातायात व्यवस्था विभागले अत्यावश्यक लाइसेन्स छपाइ बन्द गरेकाे छ ।

२५ वैशाखदेखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि सेवा बन्द भएको विभागले जानकारी दिएकाे हाे।

आइतबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्म बन्द भएको बताएको छ । अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना, प्रहरी र गैरआवासीय नेपालीका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ हुँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here