दोहोरो अंकले ओरालो लाग्याे सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ ।

नेप्से ११.५३ अंकले घट्दै २६ सय ५० को विन्दुमा झरेर बन्द भएको हो ।

आज कुल ३ सय कम्पनीका २ करोड ४० लाख बढी कित्ता सेयर बाट कारोबार १० अर्ब २० करोड २७ लाख १ हजार भन्दा बढि काराेबार भएको छ । कारोबारमा आएकामध्ये १ सय ६४ कम्पनीको सेयरमूल्य घट्दा ८२ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ ।

आज कारोबारमा आएकामध्ये ५ समुहको परिसुचक उकालो लाग्दा बाँकी ८ समुहको परिसुचकमा भने गिरावट आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here