पैसा माग्न जाँदा जनकपुरमा गोली हानी व्यवसायीको हत्या

काठमाडौं ६ कात्तिक । धनुषामा बुधबार बिहान गोली चलेको छ। गोली प्रहार गरि जनकपुरधाम उपमहानरपालिका –१४ स्थित विद्युत प्राधिकरण नजिकै ४० वर्षीय मनोज साहको हत्या गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुबीच लेनदेनको विषयमा विवाद हँदा गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई गोली हान्ने अभियुक्त पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीय शंकर चौधरी रहेका छन् ।

घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल, कटुवा पेस्तोल एक/एक थान र २१ थान गोली समेत बरामद गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here